८८ किलो सुन तस्करी

513 views · Published 3 November 2017 · 0:43 · Indexed 22 September 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

महानगरीय प्रहरी परिसरले ८८ किलो सुन तस्करी प्रकरणका ९ जना विरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सुन तस्करीमा सलग्न शुभरत्न शाक्य, गणेशदत्त बडु, सत्य नारायण अग्रवाल, मानबहादुर तामाङ् , चिनिया नागरिक याङ् वे मिङ्, पान वे मिङ्क लगायत ९ जना विरुद्ध महाशाखाले मुद्दा दायर गरेको हो ।
गत भदौ १९ गते रसुवाको केरुङ् नाका हुँदै भित्रिएको अबैध ८८ किलो सुन तस्करीमा उनीहरु सबै सलग्न रहेको महाशाखाको ठहर छ । 
महाशाखाले उनीहरुबिरुद्ध ४३ करोड रुपैया बराबरको विगो माग दाबी र संगठित अपराध ऐनअनुसार सजाय माग गरेको छ ।  प्रहरीको अनुसन्धानबाट तीन जना ड्राइभरलाई निर्दोष ठहराईएको छ । चार जना अझै फरार छन् ।

थप जानकारीका लागि यस लिंकमा गई १७ कार्तिक २०७४, शुक्रबारको समाचार हेर्नुहोस्।

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

More from this channel