कान्तिपुर समाचार | बमको हल्ला निराधार
623 views · Published 22 November 2017 · 1:06 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
अज्ञात व्यक्तिले न्यूरोडको आर सी फोटो स्टुडियो र स्वयंम्भूको एक मेडिकलबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको सचिवालयमा फोन गरी बम राखिएको बताएका थिए । बम राखिएको सूचना पाए लगत्तै नेपाल प्रहरीको बम डिस्पोजल टोलीले सर्वोच्च अदालत परिसरमा खानतलासी गर्दा बम नभएको पुष्टि भएको हो । बम राखिएको हल्ला चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । पुरा समाचार : http://ktv.ekantipur.com/news/2017-11-22/20171122142750.html