Right Path Chitwan Grand Opening Ceremony | राइट पाथ चितवन शाखा भब्य समुद्घाटन समारोह

90 views · Published 2 December 2018 · 26:49 · Indexed 15 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2018 · Education

Watch on YouTube

#RightPath  #Consultancy  #AbroadStudy

 
कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले कन्सल्टेन्सीलाई विद्यार्थी बाहिर पठाइरहेको आरोप लगाइरहँदा यदी यो देशमा सरकारले विदेशी विद्यार्थी ल्याउने वातावरण बनाएको खण्डमा आफुहरु नेपाललाई शैक्षिक हव बनाउन लागि पर्ने उद्घोष गरे । ‘चितवनकै कुुरा गर्दा यहाँ मेडिकल सिटी बनाउने हो भने, सरकारले विदेशी विद्यार्थी ल्याउने वातावरण बनाउनुपर्छ, सोहिअनुसारको वातावरण र सामाजिक सुरक्षाको जिम्मा लिनसक्नुपर्छ हामी विद्यार्थी ल्याउन सक्छौं ।’
कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष भानु खरेलले कन्सल्टेन्सीले विद्यार्थीको करियर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सहि सत्यतथ्य सुचना प्रवाह गर्नुपर्ने बताए । उनले अनाधिकृत रुपमा चलेका कन्सल्टेन्सीले गर्दा इमान्दार कन्सल्टेन्सीलाई समेत अभिभावक, विद्यार्थीले विस्वास गर्ने वातावरण नभएको जिकिर गरे । 
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, हिसान चितवनका अध्यक्ष भुपेन्द्र धिताल लगायतले राइटपाथ करियर काउन्सेलिङको सफलताको शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा बोल्दै राइटपाथका संस्थापक कार्यकारी निर्देशक फिलिप डिसीले राइटपाथले विद्यार्थीको रुचि, क्षमता र योग्यताका आधारमा मात्र करियर काउन्सेलिङ गर्ने गरेको बताए । उनले दुई वर्षमा राइटपाथले दर्जनौ विद्यार्थीलाई स्कलरसहित उच्च शिक्षाका लागि विदेश पठाएको बताउँदै आफुहरुले एड्मिसन काउन्सेलिङ गर्नुभन्दा पनि करियर काउन्सेलिङ गर्दै आएको जिकिर गरे । ‘दुई वर्षमा हामीले जति विद्यार्थी उच्च शिक्षाका लागि विदेश पठाएका छौं अधिकांश विद्यार्थीले स्कलरशिप पाएका छौं, यसमा हामी गर्व गर्दछौं ।’ उनले भने ।

सन् २०१६ बाट सञ्चालनमा आएको राइटपाथले अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत जस्ता प्रतिष्ठित देशका लागि काम गर्ने गरेको छ । राइटपाथमा विद्यार्थीहरुले IELTS, TOEFL, SAT, PTE, GMAT, GRE, JLPT जस्ता कक्षा समेत सञ्चालन गर्नेछ ।

More from this channel