हिमपातले तेह्रथुम र संखुवासभाको डाँडा सेताम्मे | धनकुटाको हिलेमा १८ वर्षपछि हिमपात
132 views · Published 30 December 2018 · 2:02 · Indexed 25 October 2026
Channel: Ashoka Entertainment · 2018 · Travel & Events
बर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् । शुक्रबार मध्यान्हबाट हिमपात सुरु भएपछि तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा यो भन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ । धनकुटाको उच्च पहाडी भेगमा आज एक्कासी हिमपात भएको छ । हिमपातका कारण चिसो बढ्नाले जनजीवन प्रभावित बनेको छ । धनकुटा–१ निगालेदेखि हिले जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको छ । हिउँले ढाकिएका ती डाँडाहरू सेताम्मे भएका छन् । खाली डाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन् । जसका कारण त्यस क्षेत्रमा हिउँमा खेल्ने आन्तरिक पर्यटकहरूको भीड देखिएको छ । शुक्रबार दिउँसोदेखि त्यस क्षेत्रमा हिँउ परेको सिँधुवाका स्थानीय दिवेश खड्काले बताए । धनकुटा सदरमुकामदेखि माथि हिले डाँडामा २०५७ सालयता पहिल्लो पल्ट हिउँ परेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समय हिउँ पर्न छाडेर तुसारो मात्रै पर्ने गथ्र्यो । तर अहिले १८ वर्षपछि हिउँ परेको स्थानीय अच्युत घिमिरेले बताए । हिले बजारमा हिमपातपछि अत्यधिक चिसो बढेको छ । चिसोका बाबजुद पनि हिउँमा खेल्न आउनेको भीड लागेको छ । त्यस्तै सिँधुवामा पनि १५ वर्षपछि हिउँ परेको खड्काले बताए । उनका अनुसार २०६० साल यता यस क्षेत्रमा हिउँ परेको थिएन । अहिले हिउँ परेपछि यस क्षेत्रमा मानिसको आवतजावत बाक्लिएको छ । धरान, धनकुटादेखि मानिसहरू हिउँ खेल्न आएको उनले बताए ।
More from this channel
-
3:13
Jhapali Comedy Boy | Caricature Nepal by Rakesh
-
0:38
Alisha Rai | Thamel Bazar Dancer | Alisha Rai Biography
-
2:42
Rajesh Hamal | Net Worth, Biography | Nepali Actor | Rajesh Dai
-
1:20
Forbes Top 5 Player with Highest Earning in Last 12 month
-
0:38
Man Binako Dhan | मन बिनाको धन | Pathibhara Mandir | Illam