Dhruba Adhikari Radio Interview About Inappropriate Ratnanagar Mahotsav Venue

331 views · Published 1 February 2016 · 19:40 · Indexed 22 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · People & Blogs

Watch on YouTube

This Video Is Unedited Version Of Radio Interview On Radio Arpan 104.5 MHZ With Ramu Acharya.
News Link :
http://echitwanpost.com/chitwan/32721/01_28/#sthash.IlCfBC63.dpuf
Facebook Link :
https://www.facebook.com/dhruba.ise
Blog Link :
http://bipsmedia.blogspot.com/2016/01/blog-post_85.html

 रत्ननगर महोत्सव : वातावरण संरक्षणमाथि गम्भीर


ध्रुव अधिकारी
रत्ननगर महोत्सव–२०७२ को छापमा लोपोन्मुख एकसिंगे गैँडाको तस्बिर राखिएको छ । संरक्षणको हिसाबले हेर्ने हो भने उक्त गैँडाको आकृतिलाई दुई वर्षमा एकपटक हुने ठूलो उत्सवको प्रमुख चिन्हमा स्थान दिनु स्वागतयोग्य कुरा हो । तर, चिन्हमा स्थान दिइनुको साथै रत्ननगर महोत्सवले उक्त चिन्हमा भएको जनावर र अरु जंगली जनावरहरुलाई कस्तो किसिमको असर पार्दछ भन्ने व्यहोराको आँकलन गर्न सकेको भएमात्र रत्ननगर महोत्सव अझ बढी सफल उत्सव बन्न सक्थ्यो होला

रत्ननगर महोत्सव विसं २०५७ देखि सुरू हुँदै आएको हो । रत्ननगर चेम्बर अफ कमर्स र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । टिकौली जंगलको चौरमा सञ्चालन गर्नुपूर्व यो महोत्सव रत्ननगर टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको चौरमा सञ्चालन गरिने गरिन्थ्यो र ठाउँ अभाव र अनुकूलतालाई आधार बनाई विसं २०६६ देखि यस कार्यक्रम टिकौली जंगलको चौरमा सञ्चालन गर्न थालिएको हो । प्रत्येक दुई वर्षमा १० दिनसम्म सञ्चालन हुने यस महोत्सवमा करोडौँको कारोबार हुने र तीन लाखभन्दा धेरै व्यक्तिहरुले अवलोकन गर्ने गरेका छन् । आर्थिक कारोबारको हिसाबले र मनोरञ्जनको हिसाबले हेर्दा त यो उत्सवभन्दा महाउत्सव अरु हुन नै सक्दैन । तर, संरक्षणजस्तो मह¤वपूर्ण पाटोबाट हेर्दा सो महोत्सव स्थल अत्यन्त अनुपयुक्त देखिन्छ । बरन्डाभार करिडरजस्तो राष्ट्रिय मह¤वको वन क्षेत्रको नजिकमा ठूलाठूला महोत्सव आयोजना गर्नुपूर्व समितिले उचित परामर्श लिन नसक्नु र लगातार सो क्षेत्रमा महोत्सव गर्ने निर्णयमा पुग्नु दुर्भाग्यपूर्ण हो ।

More from this channel