‘पर्व’ ‘क्लासिक’ ‘नोभेम्बर रेन’ सबै हिट, प्रसादको भाग्य के होला ? | Nepal Aaja

231 views · Published 5 December 2018 · 29:07 · Indexed 7 October 2026

Channel: Nepal Aaja · 2018 · News & Politics

Watch on YouTube

फिल्म पत्रकार सुशील पौडेल कक्षा ९ मा पढ्थे । धेरैजसो समय उनको दिमागमा कथाले डेरा जमाउथ्यो । उनी सोच्दै जान्थे । जस्तो महाकवि देवकोटाले एउटा चुरोटको सर्को तान्दा तान्दै कविता बनाइसक्थे । त्यस्तै पौडेलको दिमागमा पनि कथाले धेरै जालो बनायो । ती जालोमा धेरै माकुरा र माकुरी पात्र बने । तर, समयको अन्तरालसँगै जालो चुडिदैं गयो भत्किदैं गयो । तर एउटा कथाले भने २० वर्षपछि जीवीत पात्र पाएको छ । अर्थात्, उक्त कथामा फिल्म नै तयार भएको छ ।

सुशीलको त्यही २० वर्षअघि दिमागमा घुमेर मनमा बसेको कथा हो ‘प्रसाद’ । पेशाले उनी पत्रकार । हुन त पत्रकारलाई लेख्न अल्छी लाग्नु नपर्ने । तैपनि मनमा बसेको उक्त कथा लेख्न उनलाई साह्रै अल्छि लाग्थ्यो । त्यत्तिकैमा उनको भेट दिनेश राउतसँग भयो । राउत नोभेम्बर रेन, क्लासिकजस्ता चर्र्चित फिल्मका निर्देशक हुन् । सुशीलले उक्त कथा राउतलाई सुनाए । सुरूमा त उनले पनि खासै प्रतिक्रिया जनाएनन् । तर पछि राउतले पनि हौस्याए, ‘यो त तपाईंले लेख्नै पर्छ ।’ यसकै फल हो ‘प्रसाद’ । 

FULL NEWS HERE: http://nepalaaja.com/2018/12/2018125105752

----------------------------------------------------------------------------------------------------------
For more news: www.nepalaaja.com
----------------------------------------------------------------------------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
----------------------------------------------------------------------------------------------------------

Youtube Channel:
https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg

Like us on Facebook: 
https://www.facebook.com/nepalaajanews

Follow us on Twitter:
https://twitter.com/NepalAaja

More from this channel