Kantipur Samachar | सडकमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च तर अवस्था दुर्दशापूर्ण

2,000 views · Published 24 July 2018 · 3:00 · Indexed 6 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

तीन वर्षअघि थालिएको त्रिपुरेश्वर- कलंकी–नागढु्ंगा, १२ किलोमिटर सडकमा मात्रै ९८ करोड खर्च भइसक्यो । तर, यो सडक हिउँदमा धुलोको मुस्लोले छोपिन्छ भने वर्षामा रोपाई गर्नलायक बन्छ । यस्तै हविगत छ, १२ किलोमिटरकै चावहिल - जोरपाटी–साँखु सडकको । २०७२  साउनबाटै निर्माण थालिएको यो सडकमा ७२ करोड ७० लाख रुपैयाँ खर्च भइसक्यो तर सम्पन्न हुने तिथि अझै अनिश्चित छ । यतिमात्र होइन, उपत्यका सडक विस्तार आयोजनाका सवा ८ अर्ब रुपैयाँ बजेटका १० सडक र ३ पुल निर्माणका सबैजसो काम गतिहिन छन् । अदालतका आदेश, स्थानीयको असहयोग, सडकका सामग्री नहटाई ठेक्का लगाउने सरकारी हतारो र यी सबै झन्झटको फाइदा उठाई निर्माणमा आलटाल गर्ने  ठेकेदारका कारण सडक सुधारिन सकेका छैनन् । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel