Shashwat Dham CG Grand Opening | सि जि शाश्वत धाम समुद्घाटन कार्यक्रम
1,115 views · Published 10 March 2017 · 21:26 · Indexed 19 October 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2017 · Entertainment
चौधरी फाउण्डेसनद्वारा नवलपरासीको देवचुलीको दुम्कौलीमा निर्माण गरिएकोे ‘शाश्वत धाम’को मंगलबार औपचारिक रुपमा राष्ट्रपति विद्यदेवि भण्डारीले उद्घाटन गरेकी छन् । उद्घाटनको अवसरमा पूर्व राजा ज्ञानेन्द्र, भूमिससधार मन्त्री बिक्रम पाण्डे, उपप्रधानमन्त्री कमल थापा, भारतीय धर्म गुरु रविशंकर लगायतको सहभागिता रहेको चौधरी ग्रुपले जनाएको छ । उक्त शाश्वत धामको १७ वर्षअघि सिल्यानास गरिएको थियो । औपचारिक उद्घाटनका कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यदेवि भण्डारीले शाश्वत धाम पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य बन्न सक्ने बताईन । चौधरी ग्रुपले प्रवद्र्धन गरेको सामाजिक संस्था चौधरी फाउण्डेसनले सनातन धर्मप्रति आस्थावान आम समुदायको चाहनालाई सम्मान सीजी पार्क परिसरमा शाश्वत धाम निर्माण गरेको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले एउटा फरक सपना पुरा हुन लागेकोमा आफुलाई सन्तोष मिलेको बताए । चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण चौधरी र उनकी श्रीमतिको सम्झनामा उक्त धाम निर्माण गरेको चौधरी ग्रुपले बताएको छ । गु्रपका अध्यक्ष विनोद चौधरीले शाश्वतधाम निर्माणमार्फत पिताको सपना पूरा भएको बताएका छन् । धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुखहरु रोपिएका छन् ।