Kantipur Samachar | भृकुटीमण्डपमा विभिन्न ४७ वटा संघसंस्था र व्यक्ति २७ वर्षदेखि भाडा नतिरी बसे

879 views · Published 8 August 2018 · 2:30 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

काठमाडौंको केन्द्रभागमा रहेको यो २ सय रोपनी जग्गा समाज कल्याण परिषद्को हो । तपाइलाइ लाग्दो हो, यहाँ रहेका घर, टहरा, तथा भवनको भाडा मात्रै परिषद्ले मासिक करौडौँ कमाउँदो हो । तर, आश्चर्य  नमान्नुहोला, परिषद्ले विभिन्न संघसंस्थादेखि राजनीतिक शक्ति र व्यक्तिगत भनसुनका आधारमा निकै कम मुल्यमा भाडामा लगाएको छ । त्यो पनि उठाउन नसकेर उधारो खाता मात्र बढ्दै छ ।  भाडा तिर्छु भनेर बसेका ४७ संघसंस्ठा तथा व्यक्तिले २०४९ सालयता परिषदलाई ४ करोड २५ लाख रूपियाँ तिर्न बाँकी छ । सबैभन्दा धेरै  काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ८१ लाख रुपैयाँ बक्यौता छ । यस्तै, राष्ट्रिय अपांग महासंघले ४६ लाख, काठमाडौं नेत्रहीन संघले ३३ लाख, उपभोक्ता मञ्चले ३० लाख, पत्रकार महासंघ काठमाडौं शाखाले ११ लाख ८७ हजार तिरेका छैनन् । स्टल भाडामा लिएर रकम नतिरेका कतिपयको ठेगानासमेत पत्तो छैन । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel