Attack On Buddhist Maane By Christian Person @ Jutpani, Suryapur, Chitwan
395 views · Published 3 September 2014 · 11:09 · Indexed 27 October 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2014 · News & Politics
Unedited Video Footage Video Provided By : Radio Arpan 104.5 MHZ, Ratnanagar - 1, Bakulahar Special Thanks To : Suraj Poudel, Rijan K.C., Sujita Hamal & Entire Radio Arpan Team & Aviyan Television. गुम्वामा तोडफोड पुर्वी चितवनको जुटपानी ७ सुर्यपुरमा रहेको वौद्ध गुम्वामा ४ जनाको एक समुहले तोडफोड गरी भत्काई दिएको छ ।स्थानिय मनवहादुर योञ्जन,उनकी श्रीमती साईली तामाङ,,सुनविर घिसिङ र घिसिङकी श्रीमती सिता घिसिङको समुहले सुर्यपुरमा रहेको सो गुम्वा तोडफोड गरी भत्काई दिएको हो । तोडफोडमा सलग्नलाई पक्राउ गरी कारवाही गर्न सो गुम्वा निर्माणमा लगानी गरेकी स्थानिय सितामाया तामाङले प्रहरी समक्ष निवेदन दिनु भएको छ । तामाङले प्रहरी समक्ष दिएको निवेदनमा गुम्वा भत्काउनेसंग सोधपुछ गर्दा आफुहरु क्रिष्चियन धर्म मान्छौ भन्ने जवाफ दिएको उल्लेख छ । यता ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक टिकावहादुर कार्कीले भने घटनाका बारेमा अनुसन्धान भईरहेको र उजुरीकर्ताले दिएको निवेदनलाई सार्वजनिक मुद्यामा दर्ता नगरीएको वताउनु भएको छ ।