कान्तिपुर समाचार | डा.केसीद्वारा जवर्जस्ती पेशीको समय दिन खोजेको भन्दै तारिख लिन अस्वीकार

1,161 views · Published 21 February 2018 · 1:40 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

अदालतको मानहानी सम्वन्धी मुद्दा खेपिरहनुभएका डाक्टर गोविन्द केसीले सर्वोच्च अदालतले जवर्जस्ती पेशीको समय दिन खोजेको भन्दै तारिख लिन अस्वीकार गर्नुभएको छ ।
साधारण तारिखकालागि सर्वोच्च अदालत पुग्नुभएका केसीले अदालतले जवर्जस्ती यहि १३  देखि १८ गते भित्रमा पेशीको समय दिने भनेपछि तारिख लिन अस्वीकार गरेको बताउनुभयो । प्रधानन्यायाधीश  गोपाल पराजुली पदमा रहेसम्म न्याय नपाइने भन्दै केसीले सहमति विना जर्वजस्ती दिन खोजिएको पेसीको मिति नलिने भन्दै  सर्वोच्चबाट बाहिरिनु भएको थियो । 
यसैबीच चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै आउनु भएका डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले गैरकानुनी रुपमा लिएका नागरिकता रद्ध गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दर्ता गराउनुभएको छ ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel