दरबार मार्गका ब्राण्डेड सामान विक्री गर्ने चार वटा पसलमा सिल

2,017 views · Published 6 September 2017 · 2:25 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागले काठमाडौंको दरबार मार्गका ब्राण्डेड सामान विक्री गर्ने चार वटा पसलमा सिल लगाएको छ ।

विभागको टोलीले आज अनुगमन गर्दा बढी मुल्य लिएर विक्री गरेको पाइएको भन्दै दरबारमार्ग स्थित रिबोक, बोसिनी, लिभाइजका उत्पादन विक्री गर्ने पसल र विभिन्न ब्राण्डेड घडि विक्री गर्ने सुलक्स सेन्टरमा सिलबन्दी गरेको हो । दशैंको अवसरमा दिइने छुटका नाममा मुल्य बढाएर उपभोक्ता ठगेको विभागको अनुमन टोलीले फेला पारेको थियो । अनुगमनका क्रममा सात हजारको जुत्ता १६ हजारमा विक्री गरेको टोलीले भेटेको छ ।  

थप जानकारीका लागि यस लिंकमा गई बुधबारको समाचार हेर्नुहोस्।
https://www.youtube.com/watch?v=6_MIeORDoUE

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

More from this channel