सिण्डिकेटले उपभोक्ताको नैसर्गिक हक खोसेको सांसदको सदनमा प्रस्टोक्ती

237 views · Published 17 August 2016 · 1:56 · Indexed 23 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · News & Politics

Watch on YouTube

गाडी दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः सांसद
'सिन्डिकेट तोड, सडक सुधार'
सांसदहरुले दिनहुँजसो हुने गाडी दुर्घटनामा यातायात व्यवसायी र सरकारको लापरवाही प्रमुख कारण रहेको दाबी गरेका छन् ।
सरकारले यातायात व्यवसायीको सिन्डिकेट तोड्न नसक्नु, यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु र सामान राख्नु तथा सरकारले खराब अवस्थाका सडक मर्मत गर्न नसकेकाले नै यात्रुहरुले दुर्घटनामा ज्यान गुमाउनु परेको सांसदहरुको ठहर छ ।

व्यवस्थापिका संसदको बुधबारको बैठकमा शुन्य र विशेष समय लिएर बोलेका विदुर सापकोटा, सीता नेपाली, प्रेम सुवाल, मानप्रसाद खत्री लगायतका सांसदहरुले सडकको दुरावस्थाका कारण भएका दुर्घटनाको जिम्मा सरकारले लिनुपर्ने बताए । उनीहरुले देशका सबैजसो ग्रामिण भेगमा रहेका सडकहरुको अवस्था निकै दयनीय रहेपनि ती सडकको स्तरोन्नति गर्न सरकारले चासो नदिएको आरोप लगाए ।
सांसदहरुले यातायात व्यवसायीहरुले सडकको अवस्था खराब भएपनि पैसाको प्रलोभनमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको र यसमा प्रहरी प्रशासनले आँखा चिम्लिने गरेको परिणाम काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको बताए ।

यातायात व्यवसायीहरुले ग्रामिण सडकमा वर्षौं पुराना थोत्रा गाडी चलाएको तथा नयाँ गाडी चलाउन नदिएर सिन्डिकेट कायम गरेको आरोप लगाउँदै उनीहरुले सिन्डिकेट तत्काल हटाउन तथा ट्राफिक नियमको पूर्णपालना गराउन सरकारको ध्यानाकर्षण गराए ।
Visit this url & do subscribe  
https://www.youtube.com/bipsmedia
https://goo.gl/8IKFSH
Visit My Other Blogs :
http://bipsmedia.blogspot.com/
http://jgdmedia.blogspot.com/
http://panchebaja.blogspot.com/

We are on Twitter too.
User : @bipsmedia
Our Facebook Address :
Profile : https://www.facebook.com/junctioncyber
Page : https://www.facebook.com/bipsmedia
Page : https://www.facebook.com/bipinacharyabips

Our WordPress Address :
https://bipsmedia.wordpress.com/

For Business Inquires & Upload Video Please Do Contact Below :
Email : [email protected] 
Mobile No. : +977-9845350250
Copyright Protected With Bips Media 
Download & Re-upload Is Strictly Prohibited.
Share, Embed & Email Are Allowed And Welcome.
All Rights Reserved.

More from this channel