श्रीमद्भागवत धनधान्याचल तथा अष्टधातु संकलनका लागि प्रखर युवा बाचक अच्युत कृष्ण अधिकारि

54 views · Published 7 December 2016 · 4:48 · Indexed 23 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · News & Politics

Watch on YouTube

जय श्री मातृभूमी जय श्री देवघाटधाम ॐ नम: शिवाय देवघाटधाम संरक्षण प्रतिष्ठान - चितवन द्वारा आयोजित
"श्रीमद्भागवत धनधान्याचल तथा अष्टधातु संकलन सप्ताह" २०७३ पौष ४ गते देखी १२ गते सम्म
स्थान : श्री दुर्गा भवानी मन्दिर, रत्ननगर - १, भक्तिनी बगैचा, चितवन

अष्टधातु संकलनका लागि महायज्ञ गरिदै

मंसिर २२, रत्ननगर । पवित्र तिर्थ स्थल देवघाटधाममा निर्माणधीन ३० फिट अग्लो राष्ट्रदेव भगवान शंकरको मुर्ति निर्माण सम्पन्न गर्नका लागि रत्ननगरमा महायज्ञ गरिने भएको छ । रत्ननगर १ भक्तिनी बगैचामा रहेको दुर्गामन्दिरमा यहि पौष ४ गतेदेखि १२ गतेसम्म श्रीमदभागवत धनधान्याञ्चल एवं अष्टधातु संकलनका लागि महायज्ञ गर्न लागिएको आज मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानिय दुर्गामन्दिर ब्यवस्थापन समितिको र देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा महायज्ञ गर्न लागिएको हो । महायज्ञ सम्पन्न गर्नका लागि गितानाथ अधिकारीको संयोजकत्वमा मुल समारोह समिति गठन गरेर तयारी थालिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पियाले गत श्रावण १९ गते शिलान्यास भइसकेको शंकरको मुर्ति निर्माण सम्पन्न गराउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले ५ टन आठ प्रकारका धातु आवश्यक पर्ने भएकाले यस्तै धार्मिक कार्यक्रममार्फत भक्तजनहरुबाट धातु संकलन गर्ने लक्ष्य रहेको बताए । उनले घरमा फालिएका, खेर गइरहेका वा प्रयोग बिहिन रहेका तामा, पित्तल, सिल्बर, चरेस, ढलोट लगायतका विभिन्न धातुहरु महायज्ञमा दान गरिदिन पनि सबैमा आग्रह गरे । यस्ता कार्यक्रम अगामि दिनमा अन्य विभिन्न स्थानमा पनि गरिने बताउदै उनले रत्ननगर आसपासका भक्तजनहरुबाट पर्याप्त सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।

त्यस्तै महायज्ञ मुल समारोह समितिका संयोजक गितानाथ अधिकारीले देवघाट सबैको जीवनको अन्तिम गन्तव्य भएकाले त्यहाँ निर्माणाधीन शंकरको मुर्तिका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले महायज्ञको उद्देश्य धातु संकलन भए पनि आर्थिक र अन्न दान गर्न पनि सकिने जानकारी दिए । समितिका उपसंयोजक प्रेम नाथ दुवाडिले यस्तो पवित्र उद्धेश्य पुरा गर्न सम्पुर्ण चितवनबासीले सहयोग गर्ने आशा ब्यक्त गरे । उनले धातु सहयोगका लागि आग्रह गर्दैै प्रत्येक घरघरमा निम्तापत्र पठाउने योजना रहेको बताए ।

पत्रकार सम्मेलनमा विभिन्न दैनिक कार्यक्रमहरुबारे पनि जानकारी गराइएको छ । पौष १ गते तयारी स्वरुप कृष्ण मन्दिर चोकबाट भण्डारासम्म र्याली, पौष ४ गते देवघाटबाट जल ल्याइने, कलस पुजन गरिने, हवन गरिने र महायज्ञ उदघाटन गरिनेछ । महायज्ञ उदघाटनका लागि तत्कालिन मन्त्तिपरिषदका अध्यक्ष खिलराज रेग्मी आउने आयोजकले जनाएको छ। त्यस्तै ५ गतेबाट कथा वाचन, भजन किर्त, दिप प्रज्वलन, फुल प्रसाद बितरण लगायतका कार्यहरु हुनेछन भने १२ गते एक समारोहका बिच महायज्ञ समापन गरिनेछ । महायज्ञमा सहयोग राशिअनुसार दाताहरुलाई सम्मान पत्र, दोसल्ला, शिलालेखमा नाम उल्लेख, हाति सवार गराई सम्मान गरिनेछ ।

देवघाट संरक्षण प्रतिष्ठानले देबघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन धातुबाट निर्मित शंकरको मुर्ति बनाउन लागेको हो । मुर्ति निर्माण गर्न आवश्यक धातु संकलनको लागि प्रतिष्ठानले साउन महिनाबाट देशका विभिन्न ठाउँमा महायज्ञ गर्ने कार्यक्रम सुरु गरेको हो । पहिलो महायज्ञ दाङमा सम्पन्न गरेर दोश्रो महायज्ञ रत्ननगरमा गर्न लागेको हो । दाङमा आयोजना गरिएको महायज्ञबाट २ क्वीन्टल ५० किलो धातु र केही रकम संकलन भएको प्रतिष्ठानका अध्यक्ष पियाले बताए । मुर्ति निर्माण गर्न धातुसंगै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । महायज्ञमा युवा पण्डित अच्युतकृष्ण अधिकारीबाट कथाबाचन हुने छ ।

More from this channel