Kantipur Samachar | कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका पालना भएन ।
876 views · Published 6 November 2018 · 2:48 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
कर्मचारीहरु हुल बाँधेर विदेश भम्रणमा निस्किने प्रवृत्तिलाई निरूत्साहित गर्न सरकारले गत वैशाखमा निर्देशिका नै जारी गर्यो । तर कर्मचारी विदेश जाने क्रम भने उस्तै छ । सरकार आफैंले पनि निर्देशिका अनुसार कर्मचारीको भ्रमणमा लगाम लगाएको छैन । विदेशको विकास र प्रगतिबाट पाठ सिकी नेपालमा त्यसको अनुसरण गर्न अध्ययन, तालिम र गोष्ठीका नाममा कर्मचारी विदेश जान्छन् । तर भ्रमणबाट कर्मचारीले डलरमा भत्ता लिने वाहेक मुलुकले कुनै लाभ पाउन नसकेको प्रशासनविद बताउँछन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/