सिटी सेन्टरमा एक महिने ‘वीन्टर फेस्ट’ हुने || Press Conference || Full uncut Video || Gicon news

60 views · Published 12 December 2017 · 5:15 · Indexed 21 September 2026

Channel: GlamorousIcon · 2017 · Entertainment

Watch on YouTube

सिटी सेन्टरले किनमेल गर्न आउने ग्राहकलाई लक्षित गर्दै एक महिनासम्म ‘सिटी सेन्टर–वीन्टर फेस्ट’ सन्चालन गर्ने भएको छ ।


आगामी मंसिर ३० गतेदेखि माघ १ गतेसम्मे ‘सिटी सेन्टर–वीन्टर फेस्ट’ सन्चालन गर्न लागिएको आइतबार सेन्टरले जानकारी दिएको हो । सेन्टरले एक महिनाको उत्सवमा करिव ७ देखि ९ लाखसम्म ग्राहकले अवलोकन गर्ने अनुमान गरेको छ ।

विशेषगरी क्रिसमस र नयाँवर्षको अवसरमा मलमा आकर्षक सजावटका साथै सांगीतिक कार्यक्रमको समेत आयोजना गर्न लागिएको सेन्टरले जनाएको छ ।

‘वीन्टर फेस्ट’अन्तर्गत आयोजित हुने सांगीतिक कार्यक्रममा एड्रिन प्रधान, फ्यूजन मन्त्र, रोहित जोन क्षत्रीलगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

जाडो विदालाई ध्यान दिंदै सेन्टरले  बालबालिका लक्षित पेन्टिङ, सर्कस, नृत्य, 'कार्टुन क्यारेक्टर'लगायतको अन्य कार्यक्रमको पनि आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

त्यस्तै, प्रतियोगी तथा सहभागीहरुलाई रमाइलो तथा आकर्षक पुरस्कारको समेत व्यवस्था गरिने बताइएको छ ।

More from this channel