Nepali Flim Report || कलाकारको पारिश्रमिक चुलियो, फिल्मको व्यापार खस्कियो || Gicon
105 views · Published 23 November 2018 · 5:10 · Indexed 21 September 2026
Channel: GlamorousIcon · 2018 · Entertainment
कलाकारको पारिश्रमिक चुलियो, फिल्मको व्यापार खस्कियो यो बर्षको ७ महिना सकिदा, नेपाली चलचित्रको कमाई र खर्चको कुरा गरौ । ‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औषत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनिय छ । नेपाल बाहिर पनि माथि उल्लेखित चलचित्रकै माग बढी छ, अरुको हल्ला मात्र बढी हो । हुनत, चलचित्र क्षेत्र हल्लै हल्ला गर्ने मानिसहरुको भीड लागेको स्थान हो । जहाँ, काम भन्दा कुरा चर्का हुन्छन् । माथि उल्लेखित चलचित्रको व्यापार हेर्दा पनि भन्न सकिन्छ, हाम्रो चलचित्र बजार कतीसम्म कमजोर हालतमा छ । यहाँ, चलचित्र चल्नु भन्दा बढी चलाइन्छ । वास्तविक रुपमा कमाउनु भन्दा बढी हल्लामा कमाइन्छ । तर, त्यसले कुनै पनि खालको फाइदा चलचित्र क्षेत्रलाई गर्दैन । चलचित्र निर्माण गर्न गाह्रो,ani रिलिज गर्न त्यो भन्दा गाह्रो,ra रिलिज भैसकेपछि जति share आउँछ त्यो उठाउन झनै गाह्रो । अब, कलाकारलाई चलचित्रमा खेलाउन त्यो भन्दा पनि गाह्रो । औलामा गन्दा १० जना कलाकार पनि दर्शकले राम्रोसँग चिन्न नसक्ने खालका छन् । तीनै केही चिनिएका कलाकारकै वरिपरी निर्माता घुम्नुपर्ने वाध्यता छ । नामै नसुनेका र दर्शकले नपत्याएका कलाकार लिदा समस्या नै समस्या, नाम चलेका कलाकार लिनलाई नै समस्या aba ta । चलचित्र निर्माण साच्चिकै जटिल बन्दैछ । यसमा पनि नाफा भए त ठिकै हो, घाटा भयो भने कसैले पनि सहयोग गर्नेवाला छैन । बलिउडमा चलचित्र असफल हुँदा कलाकारले पारिश्रमिक नै नलिने, निर्माताले वितरकलाई पैसा फिर्ता दिने चलन बढिरहेको छ । नेपालमा त वितरकले फिक्समा चलचित्र किन्ने प्रचलन hudai छ, नेपाली चलचित्र चलेपनि नचलेपनि त्यसको प्रत्यक्ष असर निर्मातालाई नै हो । अहिले कलाकारको पारिश्रमिकको खबर यसरी चुलिएको छ कि, लाग्दैछ अब एउटा चलचित्र बनाउन १ करोडमा त कसैको पनि आँखा लाग्दैन । एउटै कलाकारलाई २० देखि ५० लाखसम्म पारिश्रमिक दिनुपर्ने भएपछि सुटिङमा नजाँदै १ करोड खर्च हुने अवस्था छ । नायक अनमोल केसीको ५ लाखबाट सुरु भएको पारिश्रमिक अहिले ५० लाखको हारहारीमा पुगिसक्यो । प्रदिप खड्काले अष्ट्रेलिया जान छाडेर खेलेको ‘प्रेमगीत’ले अहिले उनलाई सबैभन्दा महंगो नायक मध्येको एक बनाइदियो । म्यूजिक भिडियोबाट हिट हुँदा हुँदै पल शाहले ‘नाई नभन्नु ल ४’बाट सुरु गरेको करिअरमा चलचित्र चलोस् या नचलोस् पारिश्रमिक बढेको बढ्यै छ । नायिकाको हकमा पनि अहिले पारिश्रमिक चुलिएको छ । पूजा शर्माको ८ लाखदेखि 15 लाखसम्मको कुरा, साम्राज्ञी राज्यलक्ष्मी शाहको ५ लाख, १० लाख हुँदै १5 लाखको डिमाण्ड, साच्चै कलाकारको पारिश्रमिक चुलिएको छ । ५ लाख पारिश्रमिक नपाएर नायिका आँचल शर्माले चलचित्र नै नखेलेको कुरा पनि विर्सन सकिदैन । तर, कलाकारको पारिश्रमिक जसरी चुलिदो छ चलचित्रको व्यापार त्यही अनुसार खस्कदो छ । ३ सय वटा चलचित्र खेल्दा कैयौ हिट त कैयौ असफल हुँदा नायक राजेश हमालले ३ लाख वरिपरीकै पारिश्रमिक लिएको खबर अहिलेका स्टारहरुका लागि गफ जस्तो लाग्न सक्छ । अहिले चलचित्र बनाउनु अघि कलाकारलाई चलचित्रमा खेलाउन नै मुश्किल छ । चलचित्र चलेन भने त्यसको जिम्मेवारी लिन तयार हुने कलाकार भेट्न नै मुश्किल छ । यसैले अहिले निर्माताहरु चलचित्रमा कलाकार लिन नै समस्या पर्न थालेको बताउन थालेका छन् । घाटी हेरेर हाँड निल्नुपर्छ भन्ने एउटा उखान नेपालमा खुबै सुनिन्छ । कलाकारले पनि चलचित्रको बजार र व्यापार हेरेर त्यही अनुसार पारिश्रमिक लिने कि जति भन्दिए पनि दिइहाल्छन् भन्ने प्रवृत्ती अपनाउने ? © Glamorousicon Nepal Pvt. Ltd. To stay updated please CLICK HERE to SUBSCRIBE: http://https://www.youtube.com/channel/UC0hR_3dKl9Ipva-PlyOmqIA?view_as=subscriber&pbjreload=10 Glamorousicon Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Visit us @ www.glamorousicon.com Connect With Glamorousicon Facebook Page: https://www.facebook.com/glamorousicon/ Twitter: https://twitter.com/giconnepal Instagram: https://www.instagram.com/glamorous_icon/ For Business Inquiries : [email protected] Contact No: 9841379353 | 5526356
More from this channel
-
29:17
E PLANET EPISODE 17 (ENTERTAINMENT & GLAMOUR)
-
4:57
ANANDA KARKI WITH GLAMOROUSICON @ARTIST PROFILE
-
7:31
ARTIST PROFILE SINGER DEPAK SWAPNIL SHRESTHA
-
6:33
Summer Bash Pool Party with fashion show Full Video
-
0:54
Epic Baisakh 1 Don't Miss It
-
1:42
Sweta Khadka || Bintuna Josh||Aanchal Sharma||Beautiful Diva ||G Icon
-
16:38
Musical Event for social welfare on 26th August || Jukx Event
-
3:34
Ulsan Shrestha || Nepal Idol || Concert at Jawalakhel || Gicon