सुचना तथा प्रबिधी क्षेत्रमा नेपालको भारत सँगको परनिर्भरताको अन्त्य
158 views · Published 11 June 2016 · 1:19 · Indexed 28 October 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2016 · Science & Technology
सुचना तथा प्रबिधी क्षेत्रमा नेपालको भारत सँग परनिर्भरताको अन्त्य भएको छ । गत साता जमिन मार्ग रसुवागढी नाकाबाट चिन सँग नेपाल अप्टिकल फाइबर मार्फत जोडीएपछी भारतको एकाधिकार समाप्त भएको हो । यसको सफल परीक्षण भई ब्यबसायिक प्रयोग पनि छिट्टै सुरु गर्ने नेपाल टेलिकम सह प्रबक्ता डिल्लिराम अधिकारी बताउदछन । रसुवागढी नाका हुँदै फाइबर मार्फत नेपाल टेलिकम र सरकारी स्वामित्वको चिनीयाँ कम्पनी चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एक आपसमा जोडीएका हुन । भौगोलिक जटिलता र उपकरणको सुरक्षा जोखिमका कारण ब्यबसायिक प्रयोगमा भने केही समय लाग्ने अधिकारी बताउदछन । यसरी चिनियाँ अप्टिकल फाइबर नेपाल सँग जोडीएपछी नेपालले ब्याडविथका लागि तिर्दै आएको शुल्कमा पनि केही शहुलियत हुन सक्ने अधिकारी बताउदछन । यसरी एक्काइसौ शताब्दीको सुचना प्रबिधीको यो युगमा नेपालले चाल्न लागेको यो फड्कोलाई अबश्यपनी सकारात्मक रुपमा लिनु पर्दछ ।