ट्राफिक व्यवस्थापनमा सहज हुँदै | 10 Baje - Short Report
1,744 views · Published 5 April 2018 · 8:34 · Indexed 27 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
एक दशक पछि काठमाडौँ उपत्यकाका केही मुख्य चोकमा ट्राफिक बत्ति संचालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि ट्राफिक बत्ति संचालनमा आएको हो । पटकपटक काठमाडौँ उपत्यकामा स्मार्ट ट्राफिक बती राख्ने गरि योजना अगाडी बढाईएको थियो, तर त्यसका लागि गरिएका सबै प्रयास असफल भएपछि काठमाडौँ उपत्यकामा रहेका पुराना बत्तिकै मर्मत गरेर केही स्थानमा जडान गरिएको हो । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका लगायतका निकायहरुले काठमाडौँ उपत्यकामा कसरी ट्राफिक बत्ति संचालन गर्न सकिन्छ भन्ने विषयमा लामो गृहकार्य गरेपछि सुरुवाती चरणमा उपत्यकाका विभिन्न ७ स्थानमा विगत केही दिनदेखि यसलाई प्रयोगमा ल्याइएको हो । व्यस्त समय र सामान्य समयलाई लक्षित गरेर उक्त बत्ति निर्माण गरिएको बताइएको छ । यसरी ट्राफिक बत्ति जडान भइसकेपछि सवारी साधनको व्यवस्थापनमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाइ छ । पुरा शृंखला यस लिंकमा : https://www.youtube.com/watch?v=iFhFUPGeTUo Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/