बाशेश्वर प्रा.वि. क्षतिग्रस्त, विद्यार्थी चाैरमा सहयाेगका लागि अाग्रह

115 views · Published 3 July 2015 · 2:45 · Indexed 14 November 2026

Channel: Himalaya TV · 2015 · News & Politics

Watch on YouTube

यो सिन्धुलीको बाशेश्वरस्थित बाशेश्वर प्राविको दृष्य हो । भूकम्पले विद्यालय भवन भत्काइदिएपछि विद्यार्थीहरु यसरी खुला चौरमै पढिरहेका छन् । केही अस्थायी टहरा बनेपनि पर्याप्त छैनन् । भत्केको विद्यालय हेर्दै मनमा डर राखेर विद्यार्थीहरु पढ्न बाध्य छन् भने शिक्षकहरु पढाउन । 
२०४५ सालमा स्थापना भएको यस विद्यालयमा दलित समुदायका करिव साठी विद्यार्थी अध्ययनरत छन् । ५ कक्षासम्म पढाइ हुने यस विद्यालयको दुइओटै भवन भूकम्पले भत्काइदिएको छ । भवनको पुनर्निर्माणका लागि करिब २३ लाख लाग्ने अनुमान सरकारी टोलीको छ । विद्यालयको  पुनर्निर्माणमा सघाउन विद्यालयका शिक्षक शिक्षिकाले सरकार र विभिन्न संघ सस्थालाई आग्रह गरेका छन् । 
बाशेश्वर गाविसमा रहेका कल्याण प्रावी, बाल कन्या प्रावि लगायतका विद्यालय पूर्णरुपमा क्षतिग्रस्त हुंदा करिब ३ सय ५० विद्यार्थी प्रभावित बनेका छन् । भूकम्पबाट पूर्णरुपमा प्रभावित जिल्लाको सूचीमा रहेको सिन्धुलीमा मात्रै करिव ५ सयको हाराहारीमा शिक्षण सस्था क्षतिग्रस्त भएका छन् । भूकम्पले मुलुकभर २० हजार विद्यालयको भौतिक संरचनामा क्षति पु-याएको छ ।

More from this channel