उपत्यकामा कुकुरै कुकुर( Stray dogs and rabies in Kathmandu)
950 views · Published 20 July 2018 · 3:20 · Indexed 30 October 2026
Channel: Nagarik Network · 2018 · News & Politics
चालू आर्थिक वर्षको जेठसम्मको तथ्यांक हेर्दा कुल ४० हजार ८ सय १ बिरामीले रेबिज विरुद्धको खोप लगाइसकेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ११ हजारले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल २९ हजार ३ सय ९ जना उपचारका लागि आएका थिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर वर्सेनी करिब ५५ हजार व्यक्तिको रेबिजको कारणले गर्दा मृत्यु हुन्छ। जनावरको टोकाइमा पर्ने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका हुन्छन्। नेपालमा वर्सेनी करिब ४० हजारभन्दा बढी व्यक्ति कुकुरलगायत जनावरको टोकाइमा पर्छन् भने २ सयको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान छ। Story-Bishnu Lamichanne Video-Bishnu Lamichanne, Dipendra Rokka Edit- Prakash Tuladhar