ISHWAR KRISHNA MAHARAJ | PRESS MEET | SAURAHACHOWK, RATNANAGAR

332 views · Published 25 February 2016 · 20:59 · Indexed 6 November 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · People & Blogs

Watch on YouTube

भूकम्प पीडित वालवालिकालाई आश्रय दिन महायज्ञ संचालन गरिने 
फागुन १२ ।
भूकम्प पीडित वालवालिकाहरुका लागि देबघाटमा गुरुकुलम निर्माण गर्न रत्ननगरमा फागुन १४ गतेवाट महायज्ञ आयोजना गरिने भएको छ । विश्व जागरण महाअभियान ट्रस्टले आयोजना गर्ने सो महायज्ञवाट संकलित रकमवाट देबघाटमा गुरुकुलम निर्माण गरिने छ । गुरुकुलममा भूकम्पबाट प्रभावित भएर अनाथ बनेका ५० जना वालवालिकालाई शिक्षा प्रदान गर्ने योजना रहेको ट्रस्टका संरक्षक इश्वर कृष्ण महाराज जी ले जानकारी दिनुभयो । महायज्ञको उद्ेश्यका बारेमा आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महायज्ञ सम्पन्न गर्न नगर स्तरीय राजनीतिक दल,सामाजिक संघसंस्थाका प्रतिनिधि सहित समाजसेवी हरिशरण पाठक संयोजक रहेको मुल समारोह समिति गठन गरिएको छ । ट्रस्टका संरक्षक इश्वर कृष्ण महाराज जीले कथा बाचन गर्ने सो महायज्ञमा महाशिवरात्री महोत्सव,दैनिक कथा बाचन,राष्टिय कलाकारबाट भजनकृतन,१००८ शालिग्राम भगवानको १ करोड परिक्रमा,घर घरलाई मन्दिर बनाउने अभियान अन्र्तगत अखण्ड कीर्तन गरिने महोत्सव मुल समोहण समितिका संयोजक पाठकले जानकारी दिनुभयो । महायज्ञ सञ्चालनको अबधिमा जनजनमा हिन्दु धर्मको सञ्चार गराउन घरघरमा भगवानको मुर्ती स्थापना गर्ने अधियान चलाईने छ । फागुन २५ गते सम्म चल्ने सो महायज्ञ अन्र्तगत जिल्लाका १५० वटा घरमा भगवानको मुर्ति भित्र्याउने योजना रहेको ट्रस्टका संरक्षक महाराज जीले बताउनुभयो । महायज्ञमा प्रत्येक व्यक्तिवाट एक एक रुपैया संकलन गरी एक करोड उठाउने योजना छ। महायज्ञको एक औपचारिक कार्यक्रमको आयोजन गरी ७० बर्ष कटेका १०८ जना वृद्धवृद्धाहरुवाट दिप प्रज्वलन गरी उद्घाटन गर्ने योजना रहेको छ । देबघाटमै गुरुकुलम निर्माणकै लागि यस भन्दा अधि नवलपरासीको कावसोती र केउरानीमा महायज्ञ आयोजना गरिसकिएको छ । तीनवटै महायज्ञवाट संकलन भएको रकमबाट भूकम्प पीडित्  वालवालिकाको लागि गुरुकुलन निर्माण गरिने ट्रस्टका संरक्षक महाराज जीले बताउनुभयो ।

Facebook :/ishwarkrishanamaharaj

More from this channel