Message of Hope Nepal ( शनिबार, अप्रिल २८, वैशाख १५‘ज्ञानी )
1,344 views · Published 28 April 2018 · 3:02 · Indexed 29 October 2026
Channel: Bachan Tv · 2018 · Entertainment
Message of Hope Nepal शनिबार, अप्रिल २८, वैशाख १५ ‘ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ ।’ —हितोपदेश १७ः२७ सही उत्तरहरू हुनु मात्र पर्याप्त छैन, तपाईंंंले सही तरिका पनि अपनाउनुपर्छ । बलजप्mती तरिका अपनाउँदा, असल विचार र सही सल्लाह पनि खेर जान्छन् । बुद्धि भनेको सही कुरा, सही समयमा, सही तरिकाले भन्नु हो । ‘ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ ।’ तपाईंंंले प्रेम र नम्रतामा मानिसहरसँग व्यवहार गर्नुभएन भने, कसैलाई परिवर्तन हुन मद्दत गर्ने तपाईंंंका प्रयासहरू असफल हुनेछन् वा अझ खराब त तिनीहरू तपाईंंंदेखि अलग हुनेछन् । अधिकांश मानिसहरूले आफ्नो समस्या के हो भन्ने कुरा पहिले नै थाहा पाएका हुन्छन् । सम्भव छ कि उनीहरूले केही समयदेखि ती समस्यासँग संघर्ष गरिरहेका छन्, र भित्रीदेखि उनीहरू अझै असल गर्न चाहन्छन् । र यदि तपाईंंं एक ‘मलाई सिकाउने तिमी को हौ’ प्रकारको प्रतिक्रिया पाउन चाहनुहुन्न भने, तपार्इंले उनीहरूसँग उचित तरिकाले व्यवहार गर्नुपर्छ । ‘मीठा वचनहरू महका चाकाहरूजस्तै हुन्, जसले प्राणलाई मिठास दिन्छ, र हड्डीहरू निको पार्छ’ (हितोपदेश १६ः२४) । येशूले भन्नुभयो, ‘तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ’ (यूहन्ना ८ः३२) । त्यसो भए, यदि तपार्इंले बताउनुभएको तरिकामा मानिसहरूले सत्यता ग्रहण गरिरहेका छैनन् भने, सायद त्यसको निम्ति आंशिकरूपमा समस्या तपाईंंंमा पो छ कि । पूर्व अमेरिकी सिनेट च्याप्लेन रिचर्ड हाल्वर्सनले यस्तो लेखेका छन्ः ‘तपाईंंंले आफ्ना विचारहरू मानिसहरूकहाँ गोली वा बिउको रूपमा प्रस्ताव गर्न सक्नुहुन्छ । तपाईंंंले ती विचारहरूलाई गोली जस्तै हान्न वा बिउजस्तै छर्न सक्नुहुन्छ । गोलीकारूपमा प्रयोग गरिएका विचारहरूले उत्साह र प्रेरणालाई नष्ट गर्न सक्छन् । बिउकोरूपमा प्रयोग गरिएका विचारहरूले जरा गाड्छन्, बढ्छन् र जसको जीवनमा ती रोपिएका छन्, तिनको जीवनमा फल फलाउँछन् । तर त्यहाँ एउटा खतरा छः जसको जीवनमा ती रोपिएका छन् ती तिनको जीवनका अंग बनेपछि, सम्भवतः तपाईंंंले त्यो विचार सुरू गर्ने व्यक्ति भनी कुनै प्रशंसा वा कदर पाउनुहुनेछैन । तर यदि तपाईंंं त्यस्तो प्रशंसाबिना पनि चल्न तयार हुनुहुन्छ भने...तपाईंंंले प्रशस्त फसल कटनी गर्नुहुनेछ ।’ त्यसकारण तपाईंंंको निम्ति आजको वचन छः सही तरिका अपनाउनुहोस् । प्रेरित २२–२३, मर्कूस ५ः११–२०, भजन १४४ः९–१५, हितोपदेश ११ः१२–१३
More from this channel
-
0:46
Nepal church star session 2
-
4:43
Badal jhaii haii
-
7:43
Nepali Christian Media * Jagadish Pokharel * Bachan magazine
-
20:46
Damodar Gautam * realign in Nepal * Bachan patrika
-
11:10
Sunder Thapa || Bachan tv || Nepali Christian ||
-
9:25
swarga ma tapai bahek ko cha
-
12:16
Nepali Christian Testimony || Bimal Chamling Rai || Bachan tv || Nepali Christian Gawahi
-
2:33
Jesus (कालो कालो पाप येशूले धुनुभयो )