Today's word of GOD || आइतबार, अप्रिल २९, वैशाख १६ ||

204 views · Published 29 April 2018 · 2:42 · Indexed 6 November 2026

Channel: Bachan Tv · 2018 · Entertainment

Watch on YouTube

From Message of Hope Nepal

आइतबार, अप्रिल २९, वैशाख १६
‘नत्रता...म आपँैmचाहिँ अयोग्य ठहरिनेछु ।’ —१ कोरिन्थी ९ः२७

पावलले यस्तो लेख्छन्, ‘के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड । खेलमा भाग लिने खेलाडीले सबै थोकमा आत्मसंयमी हुनुपर्छ । तिनीरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्छन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्छौं । यसकारण लक्ष्य नराखी म दगुर्दिनँ । हावामा मुक्का हान्नेले जस्तो म मुक्का हान्दिनँ । तर म आप्mनो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आपँैmचाहिँ अयोग्य ठहरिनेछुु’ (पद २४–२७) । तपाईंंंले आफ्नो जीवनलाई नियन्त्रण नलिनु भएसम्म, तपार्इं सधैँ आफ्नो नियन्त्रणमा आपैmँ छैनँ भन्ने ज्ञानमा जिउनु हुनेछ । अर्को शब्दमा, तपाईंंं जसले र जेले तपाईंंंलाई नियन्त्रण गरिरहेको छ त्यसको अधीनमा रहनुहुनेछ । आपैmँलाई सुधार गर्नको लागि, तपाईंंंले यी तीन कुरालाई सधैँ आफ्नो अगाडि राख्नु पर्छः १) पढ्ने बानी– दाऊदले भने, ‘आहा ! तपाईंंंको व्यवस्थालाई म कति प्रेम गर्दछु ! दिनभरि म तिनैमाथि मनन गर्दछु’ (भजन ११९ः९७) । दिनहुँ केही कुरा पढ्ने अनुशासन अभ्यास गर्नाले तपार्इंलाई आत्मिकरूपमा, भावनात्मकरूपमा, सम्बन्धमा र पेशागतरूपमा मद्दत गर्नेछ । अनि बाइबललाई आप्mनो ‘पढ्नु पर्ने पुस्तकहरू’ को सूचीको शीर्षस्थानमा राख्नुहोस् । २) इनामहरू– लेखक माइक डिलानेले यस्तो टिप्पणी गरेका छन्, ‘कुनै पनि व्यवसाय वा उद्योग जसले कामचोरहरू र परिश्रमीहरू दुवैलाई बराबर इनाम दिन्छ, ढिलो वा चाँडो त्यहाँ परिश्रमीहरू भन्दा कामचोरहरू बढी हुनेछन् । तपार्इंले आपैmँमा र अरूमा असल वा खराब, जेलाई इनाम दिनुहुन्छ, तपाईंंंले त्यही कुरा धेरै प्राप्त गरिरहनुहुनेछ ।’ ३) परिणामहरू– अर्को पटक तपार्इंले कुनै जरुरी कार्यको सामना गरिरहँदा, मूल्य चुकाउनुको सट्टा जे सजिलो छ त्यही गर्ने सोच्दैहुनुहुन्छ भने, आफ्नो ध्यान परिवर्तन गर्नुहोस् । सही काम गर्नुको लाभ गणना गर्नुहोस् र त्यसमा होमिनुहोस् । ‘काम’ मा ध्यान केन्द्रित गर्नुको सट्टा, ‘इनाम’ मा केन्द्रित हुनुहोस् ।
फलः विश्वासयोग्यता गलाती ५ः२२, लूका १०ः२५–३७, एफिसी ४ः३१–३२,
रोमी २ः४

More from this channel