नेपाल टेलिकमले धरहरा पुनर्निर्माणबारे ठोस प्रस्ताव किन अझै दिएन ?
562 views · Published 8 September 2017 · 0:53 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका सम्बन्धमा नेपाल टेलिकमलाई पाँच दिनभित्र आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमसंग धरहरा पुनर्निर्माण सम्बन्धमा मागेको आधिकारिक प्रस्तावको जवाफ नआएपछि आज पुन टेलिकमलाई पत्राचार गरि आफ्नो आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्को निर्णय बमोजिम धरहरा पुनर्निर्माणको जिम्मा पाएको टेलिकमले ठोस प्रस्ताव नदिएपछि मन्त्रिपरिषदबाटै पुनर्निर्माणको प्रगति सहित धारणा माग गरेको थियो । नेपालको सबैभन्दा ठूलो दूरसंचार प्रदायक नेपाल टेलिकमले भूकम्प गएलगत्तै धरहरा पुनर्निर्माणमा चासो देखाए पनि त्यो अगाडि बढ्न सकेको छैन । यस्तै काष्ठमण्डप संरक्षण र पुनर्निर्माण सम्बन्धमा भएको प्रगतिबारे जानकारी गराउन काठमाडौं महानगरापलिकालाई आग्रह गरेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप स्थानीय तथा सरोकारवाला सवै पक्षलाई समेटेर पुनर्निर्माणको नेतृत्व महानगरपालिकाले लिने भनी निर्णय भएको थियो । Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/ Our Twitter Link: https://twitter.com/ourktv