आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड दिने सरकारको निर्णय | Oli Government Give 1 Core To Google Boy
1,389 views · Published 15 July 2016 · 2:15 · Indexed 6 November 2026
Channel: BIPS MEDIA PVT. LTD. · 2016 · News & Politics
सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो । ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि भन्दै उनको नाममा आदित्य संरक्षण प्रतिष्ठान स्थापना भएको छ । को हुन् आदित्य दाहाल ? बोल्न तथा हिँडडुल गर्न नसक्ने तर विलक्षण क्षमताका धनी बालक हुन् आदित्य । कहिल्यै विद्यालय नगएका उनी जस्तोसुकै प्रश्नको जवाफ लेखेर दिने गर्छन् । आदित्यले गरेका केही ठूला भविष्यवाणी कालान्तरमा सत्य सावित भएका छन् । सुशील कोइरालापछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र २०७२ सालभित्रमा संविधान जारी हुने भविष्यवाणी उनले पहिल्यै गरेका थिए । सुरुमा आदित्य अरु बालक झैं सामान्य थिए । ३३ महिनाको उमेरदेखि उनी विस्तारै हिँडडुल गर्न र बोल्न नसक्ने भए । त्यससँगै आदित्यमा हरेक प्रश्नको जवाफ लेखेर दिन सक्ने क्षमता पैदा भयो । उनले थुप्रै सामाजिक हितकारी सन्देशहरु पनि लेख्दै आएका छन् । सुशील कोइरालाको सरकारले गरेको आर्थिक सहयोगमा आदित्यलाई अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा लगेर उपचार गरिएको थियो । तर उनको शारीरिक स्वास्थ्यमा खासै सुधार आउन सकेन । झापाका शेषराज दाहाल र ईश्वरा दाहालका सुपुत्र आदित्य हाल काठमाडौंको कपनमा बसोबास गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत थुप्रै नेताहरु आदित्यसँग निकट छन् । आदित्यलाई हेर्न र भेट्न आउनेहरुको व्यवस्थापनका लागि आदित्य संरक्षण प्रतिष्ठान गठन गरिएको थियो । प्रतिष्ठानको नाम आदित्य स्वयम्ले जुराएका हुन् भने पदाधिकारीहरु पनि उनले नै छनोट गरेका हुन् । Visit this url & do subscribe https://www.youtube.com/bipsmedia https://goo.gl/8IKFSH Visit My Other Blogs : http://bipsmedia.blogspot.com/ http://jgdmedia.blogspot.com/ http://panchebaja.blogspot.com/ We are on Twitter too. User : @bipsmedia Our Facebook Address : Profile : https://www.facebook.com/junctioncyber Page : https://www.facebook.com/bipsmedia Page : https://www.facebook.com/bipinacharyabips Our WordPress Address : https://bipsmedia.wordpress.com/ For Business Inquires & Upload Video Please Do Contact Below : Email : [email protected] Mobile No. : +977-9845350250 Copyright Protected With Bips Media Download & Re-upload Is Strictly Prohibited. Share, Embed & Email Are Allowed And Welcome. All Rights Reserved.