Upachar ma Sahayog 14 Falgun 2070
363 views · Published 28 February 2014 · 1:01 · Indexed 18 October 2026
Channel: Himalaya TV · 2014 · Nonprofits & Activism
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपाली फिल्म झोलाको विशेष प्रदर्शन गरिएको छ । इन्जिनियरिङ क्याम्पस इलेक्ट्रिक इन्जिनियरिङ पहिलो वर्षमा अध्ययनरत विद्यार्थी राकेश पटेलको उपचारमा सहयोगार्थ सती प्रथामा आधारित चलचित्र झोलाको विशेष प्रदर्शन गरिएको हो । विद्यार्थी पटेल रक्त क्यान्सरबाट पीडित छन् । विशेष प्रदर्शनीबाट संकलित सबै रकम विरामी विद्यार्थी पटेललाई प्रदान गरिने छ । हिमालय टेलिभिजन