Ram Bahadur Pahadi @ Radio Arpan 104.5 MHz

70 views · Published 6 March 2016 · 7:56 · Indexed 10 November 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · People & Blogs

Watch on YouTube

रेडियो अर्पणको वार्षिकोत्सको अवसरमा साहित्य वाचन तथा कविता वाचन प्रतियोगिता सम्पन्न
सुजिता हमाल,
फागुन २३ गते,
रत्ननगर÷ रेडियो अर्पणले आयोजना गरेको नारायणी अंचलस्तरीय साहित्य वाचन तथा कविता वाचन प्रतियोगिता रेडियोको सभाहलमा आज सम्पन्न भएको छ ।रेडियोले आफनो पाचौ वार्षिकोत्सको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।अर्पण बचत तथा ऋण सहकारी संस्था लि.तथा अभियान टेलिभिजनको सहयोगमा गरिएको सो प्रतियोगितामा  पर्सा विरगञ्जका रामचन्द्र दाहाल प्रथम,इन्द्रजङ्ग पाण्डे द्धितिय,दिनेश सुवेदी तृतिय र समीक्षा अधिकारीले सान्तवना स्थान हासील गर्नु भएको छ ।क्रमशःप्रथम हुनेलाई रु ५ हजार १ सय ,द्धितियलाई ३ हजार १ सय,तृतियलाई २ हजार १ सय र सान्त्वनालाई १ हजार १ सय दिईने रेडियोले जनाएको छ । विजेताहरुलाई फागुन २८ गते मुल समापन समारोहका दिन पुरस्कार वितरण गरिने रेडियोले जनाएको छ । वरिष्ठ साहित्यकार राम बहादुर पहाडी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वरिष्ठ निवन्धकार रामबाबु घिमिरे,साहित्यकार केशवराज आमोदी,हास्यब्यंग्य निबन्धकार तिलकराज पौडेल,शहिद स्मृति क्याम्पसका सहप्राध्यापक तथा साहित्यकार लक्ष्मण अर्याल निर्णायकको रुपमा रहनुभएको थियो । रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरु रामबाबु घिमिरे,डिडी शर्मा,पुष्प अधिकारी ९अञ्जली),केशवराज आमोदी,हरिहर सविता ,गणेश शर्मा पौडेल लगाएको सहभागिता रहेको थियो ।

More from this channel