Niti Shah ||नीति शाहले राखेको भनाई भाइरल बन्दै || Gicon News
1,944 views · Published 15 November 2017 · 7:46 · Indexed 21 October 2026
Channel: GlamorousIcon · 2017 · People & Blogs
नीति शाह नेपालको प्रतिनिधित्व गर्दै जापानमा मिस इन्टरनेसनल २०१७ को प्रतियोगितामा भाग लिई रहेकी थिइन्। जापानमा रहदा एउटा अन्तर्क्रियात्मक कार्यक्रममा नीतिले दिएकी विचारको बिषयमा सामाजिक संजालमा ठुलो स्थान पायो र केहि घण्टामा नै राम्रा र नराम्रा पक्षमा प्रतिक्रिया हरु बाहिर आए । नीतिको सो विचारमा राम्रा भन्दा पनि नराम्रा प्रतिक्रिया धेरै आएको पाइयो। नेपाल विकासोन्मुख राष्ट्र भएको र शिक्षाले सामाजिक बिकासमा लिनु पर्ने गति लिन नसकेको स्थितिमा नीतिले नेपालको महिला शिक्षाको बारेमा आफ्नो मन्तब्य राखेकी थिइन् । त्यसै क्रममा नेपालमा दुइ प्रकारका महिलाहरु रहेको जनाएको छ । एक सहरिय, शिक्षित महिलाहरु र अर्को ग्रामिण भेगको महिला जसलाई सामान्य सरसफाई, आफ्नो क्षमता र त्यसलाई कसरि प्रयोग गर्ने भन्ने बारेमा थाहा नरहेको जनाएको छ । सोहि मन्तब्यमा नीतिले आफु सहरिय वर्गबाट आएको र उचित शिक्षा र पालनपोषणको राम्रो भएको तर आफ्नै देशमा धेरै महिलाहरु छन् जो बेचिनु परेको अवस्था रहेको बताईन । बिकशित देश जस्तो नेपालमा महिलाहरुको लागि पर्याप्त अवसरहरु नरहेको स्थितिमा महिलाहरु लाइ अगाडी ल्याउन महिलाहरु नै सहयोगी हुनु पर्ने र यहि नै महिलाहरु को एक शक्तिको रुपमा लिन सकिने बताइएको थिइन् । महिलाले महिलालाइ अगाडी ल्याउन हातमा हात मिलाएर सहयोग गरेको खण्डमा कुनै पनि उपलब्धी प्राप्त गर्न सहज हुने नीतिले आफ्नो धारणा राखेको थिइन् ।
More from this channel
-
4:59
Nepali Model Photography workshop day: 1
-
5:15
Aghi badnu cha || Bhanwar- The Jaal ||New Nepali Movie Song
-
1:35
Beautiful Nepali Model Ritu Bista- Photoshoot
-
1:25
NEW YEAR NEPALI MOVIE FILM REPORT
-
2:10
TRADITIONAL PHOTOSHOOT\MAMATA THAPA(GLAMOROUSICON)
-
2:11
TRADITIONAL PHOTOSHOOT\SARU KUNWAR (GLAMOROUSICON)
-
0:41
SHANGRI- LA DE SUMMER COURTURE 2015 ADD
-
2:28
CINEMAX PRESENT DE SUMMER COUTURE 2015