नेपालमा महिलाको अवस्था उत्साहजनक छ | H.E. Veronica Cody | Nepal Aaja

3,585 views · Published 22 June 2018 · 22:50 · Indexed 6 November 2026

Channel: Nepal Aaja · 2018 · News & Politics

Watch on YouTube

१० बर्से सशस्त्र द्वन्द्व र संक्रमणकालसँगै नेपालको शान्तिप्रक्रिया लगभग टुंगियो । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहका निर्वाचन भयो । देश नयाँ राजनीतिक ‘कोर्स’ मा पुग्यो । अर्थात् संघीय संरचनामा पुग्यो ।

अस्थिर सरकारका कारण भोग्नु परेका विभिन्न समस्या पनि अहिलेका लागि टरेको छ । सरकारलाई दुई तिहाइभन्दा बढी मतको साथ छ । यस्तो अवस्थामा राष्ट्रिय एजेन्डाको रूपमा समृद्धि र विकासलाई बुझिएको छ ।

यो लामो राजनीतिक शृंखला र उपलब्धिमा अन्तर्राष्ट्रिय समुदायको महत्वपूर्ण भूमिका रह्यो । नेपाल सरकारले द्वन्द्व व्यवस्थापन र शान्तिप्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायको भूमिकाबारे प्रशंसा गर्दैआएको छ ।

सँगसँगै आगामी दिनमा समेत कस्तो भूमिका र सहायता हुनसक्छ ? नेपालसँग अन्तर्राष्ट्रिय निकायहरूको कस्तो अपेक्षा छ ? र नेपालले कस्ता अपेक्षा गर्ने ? लगायत विषयमा नेपाल आजले नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँग विशेष अन्तर्वार्ता गरेको छ ।

नेपाल आजका लागि पूर्वमिस नेपाल सुविन लिम्बूले राजदूत भेरोनिका कोडीसँग गरेको यो अन्तर्वार्तामा उनले नेपालसँग युरोपियन युनियन (इयू) को पुरानो र स्थायी सम्बन्ध रहेको स्मरण गराउँदै यहाँको उन्नतिको पक्षमा रहने बताएकी छन् ।

For detail news: http://nepalaaja.com/2018/6/2018622113423
----------------------------------------------------------------------------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
----------------------------------------------------------------------------------------------------------

Youtube Channel:
https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg

Like us on Facebook: 
https://www.facebook.com/nepalaajanews

Follow us on Twitter:
https://twitter.com/NepalAaja

More from this channel