HK Nepalese Dragon Boat Team in Hong Kong
1,825 views · Published 5 May 2017 · 7:30 · Indexed 6 November 2026
Channel: HKNepali · 2017 · Sports
Hong Kong Nepalese Dragon Boat Team is ready to battle on 2017 Dragon Boat Festival Dragon Boat Race in Hong Kong. It is first time in Hong Kong for the Nepalese community. Video by: Jagat Ambu Gurung / Dev Raj Rai Concept/Edit by: Dev Raj Rai Script: Purna Kala Gurung / Dev Raj Rai HK Nepali Channel Our Most Recent Upload ~ https://goo.gl/CU0vDa Channel Page Link ~ https://goo.gl/47AAHt Latest Live : https://goo.gl/3UI4v9 Subscription: https://goo.gl/ तुङ उङ पर्व\ड्रागन बोट फेस्टिभल चिनिया“हरुले परापूर्वकालदेखि मनाउँदै आईरहेको प्रमुख चाडपर्वहरु मध्ये तुङउङ पर्व पनि एक हो । चिनियाँ तिथी अनुसार पाँचौ महिनाको पाँचौ दिनमा यो पर्व मनाउने गरिन्छ । तुङ उङ पर्व मनाईनुको पछाडि विभिन्न किंवदन्ती र ऐतिहासिक मान्यताहरु छन् । जस मध्ये चिन ईतिहासको महान पुरुष च्यूयानको सम्मान र स्मरणमा यस पर्व मनाउँदै आईरहेको भन्ने धारणा सबैभन्दा बढी प्रचलित छ । एक वफादार तथा सत्यप्रेमी मन्त्री च्यूयान एक राम्रा कवि पनि थिए । उनी आफ्नो पैँतिस वर्षे छोँटो जीवनकालभरि सधैँ नै कमजोर र थिचोमिचोमा परेका जनताहरुको सेवामा लागिरहे । राज्यमा भईरहेको अन्याय, अत्यचार र क्रुरता विरुद्धको लड्दा लड्दै उनले आफ्नो जीवन गुमाउन पुगेका थिए । आफूलाई माया गर्ने सम्राटको निधन पछि नव सम्राटले च्यूयानको उदार कामदेखि ईष्र्या र डाहरु गर्नेहरुले जालमा फसाई निरङ्कुश तथा तानाशाही सम्राटले देश निकाला गरे पछि आफूप्रति गरेको अपमान सहन नसकी विरोध गर्दै ईस्वी संवत २७७ मा नदीमा हाम फाली च्यूयाले आत्मादाह गरेका थिए । दुखद घटनाले शोकाकुल जनताहरु डुङ्गामा चढेर आफ्नो नायकको खोजी गरे तर भेट्टाउन सकेनन् । उनीहरुको प्रयास व्यर्थ भएपछि उनको मृत शरीर सामुद्रिक जीवहरुले क्षत विक्षत नपारुन भनि ड्रम बजाएर ती जीवहरुलाई धपाउन थाले र ती जीवहरुलाई डर देखाउन आफ्ना डुङ्गाहरुलाई अजिङ्गरको प्रतिरुपमा सजाउन थाले । चिनियाँहरु ड्रागन अर्थात अजिङगरलाई सामुद्रिक देव मान्दछन् । शक्तिशाली बलवान तथा भीमकाय यस जीवको उपस्थितीले परीवार र समाजमा सुख शान्ति र समिृद्धि छाउनुका साथै एकता र मेलमिलाप कायम गराउँछ भन्ने विश्वास छ । त्यसैले त्यस समयदेखि च्यूयानको मृत्युको तिथी पारी उनको संझनामा हरेक साल ड्रागन बोट फेस्टिभल मनाईन थालेको हो भन्ने भनाई छ । यस पर्वमा राईस डंपलिङ खाने प्रचलन छ । चामल, गेडागुडी र मासु मिसाएर बाँसको पातमा बेरेर पकाइको खिचडीलाई राईस डंपलिङ भनिन्छ । समुद्र तथा नदीका किनारमा च्यूयानको आत्मलाई राईस डंपलिङ चढाउने चलन पनि छ । ड्रागन बोट फेस्टिभल पनि भनेर चिनिने यस पर्वमा हङकङ, मकाउ र चिनका दक्षिणी प्रान्तका शहरहरुमा अजिङ्गरको प्रतिरुपमा सजिएका डुङ्गाहरुको दौड प्रतियोगिता सम्पन्न हुने गर्दछ । हाल आएर हङकङमा ड्रागन बोट रेसिङ फेस्टिभल अति प्रचलित खेलका रुपमा स्थपित भइसकेको छ । -~-~~-~~~-~~-~- Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" https://www.youtube.com/watch?v=KUD6UE6jZ70 -~-~~-~~~-~~-~-