Ramesh Shrestha डढेलो भित्रका सतिसाल - Dambar Krs Stha
272 views · Published 15 May 2016 · 13:40 · Indexed 12 November 2026
Channel: HKNepali · 2016 · People & Blogs
Press Meet जनताका गायक रामेशको ५५ वर्ष लामो गायन यात्रा तथा जीवनको आरोह–अवरोहसँगै नेपाली सार्थक जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभव समेत समेटिएको डकुमेण्ट्री फिल्म ‘डढेलो भित्रका सतिसाल’ समाज रूपान्तरणका स्वरहरूको छायाङ्कन कार्य पूरा भएको जानकारी गराउन पाउँदा खुशी लागेको छ । सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले यसको निर्माण गरेको हो । हरेक राजनैतिक आन्दोलन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनसंगीतको पाटोको इतिहासलाई नयाँ पिंढीमा उजागर गर्ने उद्देश्यले तयार गरिएको यो फिल्म ९० मिनेटको हुनेछ । रामेशलाई केन्द्रबिन्दुमा राखेर बनाइएको वृत्तचित्रमा जनसंगीतमा लाग्नुभएका रायन, मञ्जुल, जेबी टुहुरे, जीवन शर्मा, माइला लामा, आभासदेखि अमृत गुरुङसम्म गरी करीब ४० जना (स्वतन्त्र र सबै पार्टीमा आवद्ध भएका कलाकार, गीतकार, संगीतकार, लेखक, विश्लेषक, नेता) को अनुभव समेटिएको छ । पञ्चायतकालमा नेपाली साहित्य र संगीतलाई नयाँ दिशा दिने ‘राल्फा’ समूह र पार्टीहरू भूमिगत रहेको त्यो समयमा जनता जगाउन देश यात्रामा हिंडेका रामेश–मञ्जुल तथा संकल्प अभियानको पाटोलाई उजागर गरिएको छ । -~-~~-~~~-~~-~- Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" https://www.youtube.com/watch?v=KUD6UE6jZ70 -~-~~-~~~-~~-~-